शनिवार, 13 सितंबर 2014

हुर्मत डि सि


  तिजको सम्झना कताकता नेपाली नारिहरुमा बाँकी रहेकै होला नेपालीहरुको महान चाड बडा दशै क्षितिज भन्दा नजिक देखिन लागेको आजबाट शायद सोह्र सराद्ध शुरु भएको हुनुपर्छ आफ्ना पित्रीहरुलाई सम्झेर यो पुरै सोह्र सराद्धमा हिन्दूहरुले मांसाहारी खाना नखाई तिथी परेको दिनमा सराद्ध गरी पित्रीहरुलाई पिण्ड दिने चलन संयोग हो वा परापुर्वकाल देखीको कुनै सम्बन्ध हो मनुष्यले जसरी पित्रीको तिथिमा टाउको खुईलाउँछन डांग्रेले पनि त्यही बेलामा खुइलो टाउको लिएर उडेको देखिन्छ

सोह्र सराद्धको अन्त सँगै नबरात्रीको सुरुवात हुन्छ भने त्यो नवरात्री भरी दुर्गा भवानीको पूजाआजा देश भरिका शक्ती पिठहरुमा गरिन्छ गाउँघरमा सालभरी भत्केका बाटाहरुको मर्मत, सरसफाई शुरु हुन्छ भने युवाहरु आफ्नो टोल टोलमा चर्के पिङ लट्ठे पिङ हाल्नमा ब्यस्त देखिन्छन नेपालको पहाडी क्षेत्रमा घरलाई सिङार गर्न रातो माटो कमेरो बोक्न जाने भाउजु, बुहारी अनी दिदीबैनीहरुको रात माटो पाउने डाडा कमेरे डाडामा सकि नसकी खोस्रिरहेको देखिन्छ भने बाल बच्चाहरुलाई नयाँ कपडा लगाउनै पर्ने चलनले गर्दा बाबा आमाहरु घर व्यबहारतिर ध्यान दिन्छन  
  नेपालमा पर्खाइलाई समाप्त पार्ने दिनहरु नजिकै आउँदा प्रबासबाट दशै तिहारमा फर्कन नपाएको प्रदेशी छोरा अर्कै दु:खी संसारमा दिनहरु बिताएको हुन्छ नमुछे आमा दहिमा टिका नटिपे जमरायो पिडादायी गीत सँगै हजारौं आत्महरु रोईरहेका हुन्छन कार्गिलको सिमानामा गोलिको माला लगाएको नेपाली छोरो देखी अरबको खाडीको प्रचन्ड गर्मीमा बेल्चा उठाउने हजारौ हातहरु रमाइलो पर्वको सम्झनामा मलिनो अनुहार लगाउँदै दिनहरु बित्ने गर्छन् बाल्यकालमा दशै तिहारमा बिताएका रमाइला पलहरु सम्झना गर्दै यो प्रवासी जीवनलाई अर्को सालसम्म आसै आसको मालामा गाँस्नु पर्दछ देशको अवस्था राम्रो भएको भए हामी नेपालीहरुको आर्थिक अवस्था बलियो भएको भए शायद कुनै नेपालीहरुले यो नरमाइलो पलको इतिहास कोर्नु पर्ने थिएन नेपाली भुमिमा हजारौं आत्महरु मिलनको पर्खाइमा रुनुनै पर्ने थियो गरीबीको नराम्रो रेखाले नेपाली मनहरुलाई प्रवासको भुमिमा तड्पिएर बस्न विवश बनाएको

 
केराको पातमा राखेको जमाराले जब उचाई लिने गती तिब्र पार्दै जान्छ बडा दशैं पनि उही रफ्तारमा नेपालीहरुको आगनमा आउने गर्छ स्कुल बिदासँगै शुरु भएको दशैंको समय कसरी सकियो थाहानै पाईंदैन चन्द्रमाले आफ्नो आकारलाई बढाउँदै जान्छन भने गाउँ घरमा पिङमा हुईंकिने रमाइलो गर्ने कार्य बाक्लिदै जान्छ आफ्नो धर्म, सस्कृती परम्परालाई अन्तरात्मदेखिनै सम्मान गर्दै नेपालीहरुले यो चाडलाई मनाउँदछन तिज गयो अब दशै पनि मुखमा आउँदैछ मेरो छोरा फर्केर आउने भनेर प्रदेशिएको छोराको पर्खाइमा हजारौ आमाहरु बाटो हेरेर बस्ने गर्छन् भने कमाएर छोरा फर्कन्छ दशै आएपनी आर्थिक अवस्थाको पिरलो नम्माने बाबाहरु पनि हजारौ हुन्छन गएको तिहारमा दाजु भाईलाई टिका लगाउन नपाएका दिदीबैनी यसपालिको दशैसँगै तिहारपनी दाजुभाइसँगै मनाउन पाइने भन्नेहरुको पनि ठुलै आशा रहेको हुन्छ बर्षौं काम गरेर अरुबेला पाएको छुट्टीमा नगई दशैं तिहार मान्न जाने नेपाली दाजुभाईहरुको पनि खुशीले सिमानै रहँदैन बाल्यकलका साथीभाइ सँग बर्षौं पछी भेट हुँदा सँगै खेलेको रमाइलो जन्मभुमिमा रमाउने दिनको पर्खाइमा बिदा पाईसक्दा पनि २४ घण्टाका उहि दिनहरु सयौं घण्टाका जस्तो लामो लाग्छ रमाइलो चाडमा परिवार सँगै बस्न पाउनु प्रवासीहरुको लागि सौभाग्य नै हो अनगिन्ती चाहना सँगै उडेको बिमानले जन्मभुमीको क्षितिज पार गर्ने बित्तिकै नेपाली मनहरु खुशीले गदगद हुने गर्छन् प्रवासमा बिताएको पट्यार लाग्दो जिन्दगीलाई केही दिन केही महिना भएपनी मानसपाटलबाट टाढा राख्न पाउँदा कताकता पुरै संसार रमाइलो होला भन्ने सोचाइमा डुबिन्छ मिलन पछीको बिछोड अनी बिछोडिएको पिडालाई पिउँदै लामो समय पछीको रमाइलो मिलन जती नै मिठो शब्दमा भने पनि पुग्दैन  


 
पहिला पहिला दशैको मुखमा आउँछु भनेर छोराले पठाएको पत्र सिरानीमा राख्ने हजारौं आमाहरु अनी जिबन साथीको पर्खाइमा सिरानी भिजाउने आत्महरु अब एकै घन्टीको भरमा सारा सपनाहरुलाई लामो पर्खाईमा बदल्नु पाइने भएको प्रवासी छोराहरुले टेलिफोनमा आशिर्वाद माग्दा भक्कानिने आमाहरु अनी प्रियासिलाई आँशुको धारा चुहाउँदै आशिर्वाद दिने दिनहरु पुन आउँदैछन यो प्रवासमा यही नै हो आखिर एउटा प्रवासीले भोग्ने जीवन आसा भरोसामा बचेँको यो जिन्दगी दशैं तिहार, छठ ईद सधैं कल्पनामा गुज्रने गर्दछ आफु जन्मेको गाउँमा अहिले चहल पहल बढेको होला रामु आएन तर दिपक यदु आएरे यिनै समाचार सुन्दै बडा दशैं तिहार प्रवासी नेपालीहरुले बिताउनु पर्छ दशैंको सेरोफेरोमा जती आत्महरु खुशी छन त्यो भन्दा कयौं गुणा आत्महरु प्रवासको बिरानो बस्तीमा मलिनो अनुहार नयन भरी छचल्किएको आँशु लिएर हिंड्नु पर्छ आखिर यही हो प्रवासी जिबनमा चाड पर्व अनी हर्ष बडाईबिजया दशमीको हार्दिक मंगलमय शुभकामना 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें